पेट्रोलियम पदार्थको भाउ यथावत्

Nagarik Sewa 4841+ समाचार ( )
३० भाद्र २०८३, मङ्गलबार

काठमाडौं । नेपाल आयल निगमले उद्योगदेखि ५० किलोमिटर दुरीका लागि ग्यासको नयाँ मूल्य कायम गरेको छ । यसअघि २१ सय ६५ रहँदै आएकोमा अबदेखि उद्योगबाट ५० किलोमिटरको दुरीमा रहेका उपभोक्ताहरूले दुई हजार ६० रुपैयाँमै ग्यास खरिद गर्न पाउने भएका छन् ।

आयल निगमले पेट्रोलियम पदार्थको भाउ भने यथावत् राखेको छ । भोटेकोशी बाढीको विपद्लाई मध्यनजर गर्दै मूल्य यथावत् राखेको निगमको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि त्यसअनुसार समायोजन नहुँदा पाक्षिक १ अर्ब ९१ करोड ६९ लाख घाटा रहेको निगमले बताएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार