काठमाडौं। नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । आज सुन तोलामा एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । यसदिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९७५ रुपैयाँमा खरिदबिक्री भैरहेको हो ।