प्रचण्ड मेयर बालेनको पुर्ख्यौली घर महोत्तरीमा

Nagarik Sewa 4634+ समाचार ( )
२२ फाल्गुन २०८१, बिहीबार

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको महोत्तरीस्थित पुर्ख्यौली घर पुग्नुभएको छ। 

जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डसहितका नेताहरू बिहीबार पालिका कार्यालयपनि रहेको मेयर बालेनको घर पुग्नुभएको हो। 

सोही कार्यालयमा माओवादीले कार्यक्रम समेत राखेपछि प्रचण्डसहितका नेताहरू त्यहाँ पुग्नुभएको हो। उहाँहरू पुग्दा मटिहानी नगरपालिकाले माओवादी नेताहरूलाई स्वागत गरेको थियो। त्यसक्रममा क्रममा अध्यक्ष प्रचण्डले लक्ष्मीनारायण मन्दिर अवलोकन गर्नुका साथै आरतीमा समेत सहभागी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार