मुख्य समाचार
गृहमन्त्री अर्यालद्वारा जेनजीको नाममा कार्यालयहरूमा गएर धम्क्याउनेलाई नियन्त्रणमा लिइने प्रतिवद्धता | २२.५८ अंकले घट्यो नेप्से | विपिन जोशीको निधनको खबरले दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनालाई छिन्नभिन्न पार्योः प्रधानमन्त्री कार्की | हमासले फिर्ता गर्यो थप ४ वटा बन्धकको शव | अध्यक्ष ओलीद्वारा एकछिन सरकारबाट हट्दा सधैका लागि एमाले सरकारबाट हट्यो भनेर भ्रममा नपर्न चेतावनी | जिल्ला अदालत काठमाडौंमा महराको थुनछेक बहस सुरु | बालिका बलात्कारको अधिभयोगमा युवक प्रकाउ | नेपाल आज ओमानसँग खेल्दै | दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु | तोलामा ४ सयले बढ्यो सुनको मूल्य |

लोकसेवाबाट कर्मचारी पदपूर्ति गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
लोकसेवाबाट कर्मचारी पदपूर्ति गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

Nagarik Sewa 3188+ समाचार ( )
२६ मंगशिर २०८१, बुधवार

२६ मंसिर, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लोकसेवा आयोगमार्फत नयाँ नियुक्ति र बढुवाको प्रक्रिया अगाडि बढाएको छ ।

आयोगबाट पदपूर्तिको कार्य अगाडि बढेपछि स्वास्थ्य क्षेत्रमा गुणस्तरीय जनशक्ति थपिने अपेक्षा गरिएको प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द महतले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपालको संविधान २०७२ को धारा २४३ बमोजिम स्थायी पदपूर्ति र बढुवासम्बन्धी कार्य लोकसेवा आयोगमार्फत अघि बढाउने कानुनी बाटो खुलेको हो ।

‘यो निर्णयले प्रतिष्ठानलाई विधिसम्मत, पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाबाट अब्बल शिक्षक तथा कर्मचारी नियुक्त गर्न ठूलो अवसर प्रदान गरेको छ’, रजिस्ट्रार महतले भने, ‘यो निर्णय संस्थागत हितका लागि महत्वपूर्ण कोसेढुङ्गा साबित हुनेछ, प्रतिष्ठानमा हाल कार्यरत शिक्षक र कर्मचारीहरूको योग्यता एवं योगदानलाई कदर गर्दै वैधानिक प्रक्रियाबाट बढुवा गर्ने आधार तयार भएको छ ।’

लोकसेवा आयोगमार्फत स्थायी पदपूर्ति गर्ने यो प्रक्रिया सुरु गर्नका लागि लामो समयदेखि प्रयास भइरहेको थियो । २०७५ कात्तिक १५ मा बसेको लोकसेवा आयोगको बैठकले पाँच प्रतिष्ठानमा स्थायी पदपूर्ति र बढुवा रोक्ने निर्णय गरेको थियो ।

तीन वर्षको प्रयास र विभिन्न कठिनाइ पार गर्दै प्रतिष्ठानले यो कानुनी अवरोध पन्छाउन सफल भएको रजिस्ट्रार महतको भनाइ छ । ‘प्रतिष्ठानको दीर्घकालीन हितका लागि लोकसेवा आयोगजस्तो विश्वसनीय संस्थामार्फत पदपूर्ति गर्नुपर्ने आवश्यकता थियो, यो निर्णयले प्रतिस्पर्धात्मक प्रक्रियाबाट योग्य जनशक्ति भित्र्याउन ठूलो सहयोग पुर्‍याउने छ’, प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार