तोलामा १ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4376+ समाचार ( )
२२ श्रावण २०८२, बुधवार

काठमाडौं। बुधबार नेपाली बजारमा छापावाला सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँले गिरावट आएको छ। मंगलबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ९८ हजार ५ सय रहेको थियो । आज मूल्य गिरावट आइ १ लाख ९८ हजार ४ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । आज प्रतितोला चाँदीको मूल्य २५ रुपैयाँले वृद्धि भएको हो । महासंघका अनुसार हिजो प्रतितोला चाँदीको मूल्य २ हजार २ सय ८० रहेको थियो भने आज मूल्य वृद्धि भएर २ हजार ३ सय ५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै