बल्खुमा यात्रुहरूलाई जबरजस्ती गाडीमा हाल्ने १७ जना पक्राउ

Nagarik Sewa 4610+ समाचार ( )
२५ असार २०८३, बिहीबार

काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा सर्वसाधारण तथा यात्रुलाई जबरजस्ती गाडीमा हाल्ने, सामान झोला तान्ने र दुःख हैरानी दिने १७ जनालाई आज प्रहरीले पक्राउ गरेको छ।

अनावश्यक रुपमा दुःख र हैरानी दिएको भन्ने पैदलयात्रीको गुनासोका आधारमा काठमार्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका सुमन लामा, बाराका अजयराम महरा र कलाम हवारी, पर्साका तीर्थ मल्लिक, उदयपुरका बस्नेत कार्की र सर्लाहीका सिकिन्दर महतो रहेका छन्।

यस्तै, काभ्रेपलाञ्चोकका अर्जुन लामा, सुरेन्द्र तामाङ र साजन मगर, मकवानपुरका महेश राई, चितवनका रामकृष्ण गिरी, कीर्तिपुरका सन्तोष स्याङ्तानलगायत छन्। उनीहरुमाथि थप अनुसन्धान भइरहेको एसपी कार्कीले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै