मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

प्रधानमन्त्री कार्कीद्वारा ज्ञात–अज्ञात सहिदलाई श्रद्धाञ्जली अर्पण

Nagarik Sewa 4669+ समाचार ( )
१७ माघ २०८२, शुक्रबार

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले लैनचौरस्थित सहिद स्मारक पुगी ज्ञात–अज्ञात सहिदहरुको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सहिद सप्ताहको अन्तिम दिन र सहिद दिवसको दिन आज प्रधानमन्त्रीले इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतको सम्मानमा श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । 

हरेक वर्ष काठमाडौं महानगरपालिकाले माघ १० गतेदेखि  सप्ताहव्यापी कार्यक्रम गर्दै आएको छ। साताव्यापी कार्यक्रमको अन्तिम दिन आज सहिद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिएको हो। सहिद दिवसको अन्तिम दिन आज बिहान शान्तिवाटिकाबाट प्रभातफेरी सुरु भएको थियो । शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र सहिदको तस्बिर राखिएको बग्गीसहितको प्रभातफेरी सहिद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत भएको थियो । 

सभामा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, मन्त्रीहरु, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि र सुरक्षा अङ्गका प्रमुखहरुको सहभागिता रहेको थियो । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले, नागरिक स्वतन्त्रता, मानव अधिकार, सुशासन तथा स्वाभिमानका लागि विगतमा गरिएका प्रयत्न र त्याग बिर्सनु नहुने धारणा राख्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार