काठमाडौं। नेपाल आयल निगमले आजदेखि लागु हुनेगरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ आइतबार निगमले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा प्रतिलिटर २ रुपैँया मूल्य बढेको छ ।
इण्डियन आयल कर्पोरेशनबाट आज १५ जुन २०२५ (असार ०१ २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. १.४१ र डिजेलमा रु। १.६७ ले बढेर आएको निगमले जनाएको छ।
निगम सञ्चालक समितिको निर्णय बमोजिम भोलिदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा रु. १ र डिजेलरमट्टितेलमा प्रति लिटर रु. २ ले बढाइएको निगमद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।