आज आठौँ राष्ट्रिय झण्डा दिवस

Nagarik Sewa 4809+ समाचार ( )
१ पौष २०८२, मङ्गलबार

काठमाडौं। संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज(पुष१ गते) आठौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ। 

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवसका रूपमा मनाउँदै आएको छ। यसै अवसरमा आज काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झण्डा बोकेर र्‍यालीसमेत गरिएको छ।

१९६२ डिसेम्बर १६ अर्थात् २०१९ साल पुस १ गतेको दिन संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार