तोलामा २२ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4426+ समाचार ( )
१३ मंगशिर २०८२, शुक्रबार

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार छापावाल सुनको मूल्य तोलाको २२ सयले बढेर तोलाको २ लाख ५० हजार ६ सयमा कारोबार भइरहेको छ। यसअघि विहिबार सुन तोलाको २ लाख ४८ हजार ४ सयमा कारोबार भएको थियो।  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर ३३४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ३२८० मा कारोबार भएको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार