उत्तराखण्डको बाढीमा हालसम्म नेपाली नागरिक मृत फेला परेको छैनः नेपाली दूतावास

Nagarik Sewa 4435+ समाचार ( )
२४ श्रावण २०८२, शुक्रबार

काठमाडौं। भारतस्थित नेपाली दूतावासले भारतको उत्तराखण्ड प्रदेशको उत्तरकाशी जिल्लामा आएको बाढीपहिरोमा हालसम्म नेपाली नागरिक मृत फेला नपरेको जानकारी दिएको छ । 

उत्तराखण्ड प्रहरीले दूतावासलाई उपलब्ध गराएको विवरण अनुसार साउन २० गते आएको पहिरोमा पहिरोमा परेकामध्ये हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको छ भने घटनास्थलबाट २ जनाको शव बरामद भएको नेपाली दूतावासले जनाएको छ। उद्धार गरिएका र मृत्यु भएकामध्ये कुनै पनि नेपाली नागरिक नरहेको दूतावासले जनाएको छ ।

त्यसै गरी, उत्तराखण्डको पौडी गढवाल जिल्लाको बागोडामा साउन २१ गतेमा आएको बाढीपहिरोमा पाँच जना नेपाली हराइरहेको दूतावासलाई विवरण प्राप्त भएको छ । घाइते भएका चार जना नेपालीमध्ये तीन जना घर फर्किसकेका छन् भने एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ । 

बाढीपहिरो प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको अवस्था, हराइरहेका नेपालीहरूको खोजी तथा उद्धार, घाइतेको उपचार र आवश्यक सहयोगका लागि नेपाली दूतावासले निरन्तर रूपमा उत्तराखण्ड सरकारका सम्बन्धित निकाय र भारतको विदेश मन्त्रालयसँग समन्वय गरिरहेको नेपाली दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । 



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै