मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

पत्रकार महासंघ काठमाडौं शाखाका नवनिर्वाचित कार्यसमितिले गर्यो पदभार ग्रहण

Nagarik Sewa 4670+ समाचार ( )
१९ पौष २०८१, शुक्रबार

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा सम्पूर्ण कार्यसमितिले प्रमाणपत्रसँगै पदभार ग्रहण पनि ग्रहण गरेको हो । कार्यसमितिको अध्यक्षमा शोभा अर्याल रहेकी छिन् भने उपाध्यक्षमा कमल राना र कान्ति न्यौपाने रहेका छन् ।

सचिवमा रमेशकुमार बोहोरा छन् भने सहसचिवमा बिक्रम रत्न, इशा अधिकारी क्षेत्री र कोषाध्यक्षमा रामचन्द्र कार्की निर्वाचित भएका हुन् । त्यस्तै सदस्यतर्फ भने नेत्रबहादुर बस्नेत, मञ्जु घिमिरे, अनिशा निरौला, अनिशा जयन्ती श्रेष्ठ, सुनिल कुमार शाह, अंकध्वज परियार, जगदिश अधिकारी, गणेश विक, विनिता डंगोल, हेमराज सुवेदी, चेतनारायण बेलवासे, गोविन्द कुमार शर्मा र ऋग देवकोटा रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिले शाखाको कार्यालय भृकुटीमण्डपमा पुगेर कार्यभार सम्हालेर पहिलो बैठक पनि आयोजना गरेको छ । बैठकमा निर्वाचमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदैँ पत्रकारको हकहितका लागि काम गर्ने एजेण्डाहरु तय भएको शाखाले जनाएको छ ।

कार्यक्रममा बोल्दै नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले समाजलाई विभाजित हुने किसिमका अभिव्यक्ति राजनीतिक नेतृत्वले दिनु नहुने बताएका छन्। ‘संसदीय राजनीतिमा हामी भर्खर नर्सरीका विद्यार्थी हौं। सम्माननीय पूर्वप्रधानमन्त्रीज्यू यहीँ हुनुहुन्छ, हामीलाई यसो लाग्छ, कहिलेकाहीँ नेताहरूको अभिव्यक्ति, नेताहरूले गरेका व्यवहार, कार्यशैलीले समाजलाई कताकता विभाजित गर्ने परिस्थिति विकास हुन खोजेको हो कि भन्ने पनि लाग्छ,’ प्रचण्डलाई लक्ष्य गर्दै उनले भने।

उनले समाज विभाजित गर्ने अभिव्यक्ति कसैले पनि दिन नहुने बताए। ‘आजको संसदको गणितले सरकार यस्तै तरिकाले बनिरहने, भत्किने, लोकतन्त्रमा यसलाई स्वभाविक रूपमा लिनुपर्छ। पद भनेको अस्थायी कुरा हुन्। स्थायी कुरा भनेको सहिष्णुता कायम गर्ने र मुलुक र जनतालाई केन्द्रमा राखेर अघि बढ्ने कुरा हो,’ उनले भने, ‘यी कुरामा पनि हामीले ध्यान दिनुपर्छ। हरेकले के सोच्नुपर्छ भने आगामी यात्रामा कुनै पनि घुम्तीमा कहिले पनि भेटै नहुने गरी अभिव्यक्ति आउने कुराले नेपालको राजनीति सफा हुन खोजिरहेको छैन।’

कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भ्रष्टाचारमा अनुसन्धान गर्न सबै सहमत हुनुपर्ने बताए। ‘जहाँ भ्रष्टाचार भएको छ, समाजले मानेको छ, सदनमा प्रश्न उठेको छ, इमान्दारिताका साथ अनुसन्धानमा लाग्न जरूरी छ, सहमति त्यसको निम्ति हुनुपर्छ,’ अध्यक्ष दाहालले भने।

उनले सरकारमा हुँदा एउटा कुरा, बाहिर हुँदा अर्को कुरा आफूले नगरेको पनि दाबी गरे। ‘मैले कम्तिमा पनि पछिल्लो कार्यकाल भ्रष्टाचारका विरूद्ध, सुशासनका पक्षमा, सामाजिक विभेदका विरूद्ध, सामाजिक न्यायको पक्षमा आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमान्दारितापूर्वक गरेँ। मैले सरकारमा हुँदा जे बोलेको थिएँ, जे गरेको थिएँ, अहिले बाहिर आउँदा पनि मैले त्यही बोलेको छु,’ उनले भने, ‘कहिलेकाहीँ शब्द तलमाथि पर्नसक्छ, किनभने म अलि भावुक छु भन्ने नेपाली समाजले बुझिसकेको छ।’

उनले नियत र निष्ठा भने सफा रहेको कुरा विस्तारै जनताले बुझ्दै गएको उनको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार