मुख्य समाचार
ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव |

मोटरसाइकलले छोएको निहुँमा युवकमाथि कुटपिट तथा खुकुरी प्रहार

Nagarik Sewa 4674+ समाचार ( )
१९ वैशाख २०८२, शुक्रबार

काठमाडौं। सिरहा लहान नगरपालिका–३ दंग्राहा टोलका २७ वर्षीय देवकुमार महतोमाथि कुटपिट तथा खुकुरी प्रहार भएको छ। मोटरसाइकलले छोएको निहुँमा विवाद हुँदा बुधबार महतोमाथि कुटपिट तथा खुकुरी प्रहार भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

कुटपिट तथा खुकुरी प्रहारबाट टाउको, घाँटी र ढाडमा चोट लागेका देवकुमारको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न ६२ वर्षीय जिवछ महतोसहित उनका परिवारका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहार गर्ने एक जना भने फरार छन् ।

जिवछसँगै उनकी श्रीमती ६० वर्षीया सीतादेवी महतो र छोरा २१ वर्षीय मनिष महतोलाई प्रहरीले पक्राउ गरेको हो । खुकुरी प्रहार गर्ने जिवछका १९ वर्षीय छोरा मुकेश महतो भने फरार छन् । 

घटनामा संलग्न जिवछसहित तीन जनालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । फरार भएका मुकेशको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार