मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

सिन्धुपाल्चोक- २ मा विकासप्रेमी नेता युवराज दुलालको जित सुनिश्चित

Nagarik Sewa 4382+ समाचार ( )
१८ फाल्गुन २०८२, सोमबार

काठमाडौं । सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार युवराज दुलालले विगतका काम र आगामी स्पष्ट योजनाका आधारमा आफ्नो जित सुनिश्चित हुने आकलन गरिएको छ। तारा चुनाव चिन्हबाट प्रतिस्पर्धामा रहेका दुलालले सार्वजनिक गरेको विस्तृत प्रतिबद्धतापत्र र क्षेत्रकेन्द्रित विकास एजेण्डाले मतदातामाझ सकारात्मक सन्देश दिएको छ।

दुलालले कानुनी सुधार, सुशासन र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै शिक्षा र स्वास्थ्यमा आम नागरिकको पहुँच सुनिश्चित गर्ने योजना अघि सारेका छन्। किसानमैत्री कानुन निर्माण, समयमा मल उपलब्ध गराउने व्यवस्था, जंगली जनावरबाट हुने क्षतिको समाधान र कृषि उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने प्रतिबद्धता पनि उनको एजेण्डामा समेटिएको छ।

पूर्वाधार विकासतर्फ उनले “विकासको बाकस (Development Box) परियोजना–२” मार्फत आगामी पाँच वर्षभित्र प्रमुख सडकहरूलाई सर्वकालीन (All Weather) स्तरमा स्तरोन्नति गर्ने, मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुपाल्चोक खण्डमा सडक तथा पुल निर्माणलाई तीव्रता दिने र दिगो सिँचाइ तथा खानेपानी आयोजना विस्तार गर्ने लक्ष्य राखेका छन्।

जिल्ला सदरमुकाम चौतारालाई शिक्षा, स्वास्थ्य, प्राविधिक तालिम र खेलकुदको केन्द्रका रूपमा विकास गर्ने तथा मेलम्चीलाई व्यवस्थित शहर र आर्थिक गतिविधिको हबका रूपमा अघि बढाउने योजना पनि सार्वजनिक गरिएको छ।

त्यस्तै, पाँचपोखरीलगायत प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको पूर्वाधार विकास, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदाको संरक्षण, मेलम्ची–इन्द्रावती नदी तटीय क्षेत्रको एकीकृत विकास परियोजना अघि बढाउने प्रतिबद्धता पनि उनको योजनामा समावेश छ।

विगतमा निर्वाह गरेको भूमिकादेखि आगामी पाँच वर्षको स्पष्ट कार्ययोजनासम्मलाई आधार मानेर समर्थकहरूले दुलालको जित सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन्। निर्वाचन नजिकिँदै जाँदा क्षेत्र नं. २ मा उनको विकासकेन्द्रित एजेण्डाले प्रभाव पारिरहेको देखिन्छ।

हेरौँ उनका चुनावी एजेण्डा

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार