मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

प्रमाण सङ्कलनमा पीडित पनि जागरूक हुनुपर्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
प्रमाण सङ्कलनमा पीडित पनि जागरूक हुनुपर्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

Nagarik Sewa 4670+ समाचार ( )
२५ मंगशिर २०८१, मङ्गलबार

आयुष बडाल काठमाडौँ । पूर्व प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले न्याय दिनु भनेको कठिन कार्य भएको उल्लेख गर्दै अनुभव र अभ्यासबाट नै राम्रो न्याय सम्पादन हुने बताएका छन् । नेपाली कानुनी साहित्य समिति, काठमाडाैँ विश्वविद्यालय स्कुल अफ ल ले आयोजना गरेको न्यायाधीश नियुक्ति र न्याय परिषद्को भूमिका विषयक पूर्व प्रधान न्यायधीशसँगको अन्तरक्रियात्मक कार्यक्रमलाई  सम्बोधन गर्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले ढिलो न्याय पाउनु भनेको न्याय नै नपाउनु जस्तै भएको उल्लेख गरे। काठमाडाैँ विश्व विद्यालयमा कानुन अध्ययनरत विद्यार्थी, जिल्लाका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत सहभागी विद्यार्थीहरूको प्रश्नको जवाफ दिँदै उनले निष्पक्ष कार्य गर्न निस्वार्थ भावना र देश प्रेम आवश्यक पर्ने बताए । बनेपामा रहेको विद्या सागर अङ्ग्रेजी माविमा कक्षा १० मा अध्ययनरत छात्रा सिञ्जा महाँजु श्रेष्ठले बलात्कारको सिकार भएका सोझा नारीहरूले न्याय नपाइरहँदा किन अभियुक्तहरू उम्किरहेका छन् भन्ने प्रश्नमा पूर्व प्रधानन्यायाधीश श्रेष्ठले पीडितहरू नै जागरूक हुनुपर्ने तर्क गरे ।जबसम्म पीडितले प्रमाण सहित अडिग भएर प्रस्तुत हुन्छ उक्त समयमा न्याय पाउनेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरे । संस्थागत विद्यालयमा अध्ययनरत छात्र सुवास केसीले न्यायालयमा न्याय किनबेच भई चरम भ्रष्टाचार बढेको प्रश्नमा पूर्व प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले आफू स्वच्छ ढङ्गले स्वतन्त्रपुरमा कार्य सम्पादन गरेको खण्डमा भस्टाचार न्यूनीकरण गर्न सकिने उल्लेख गरे। 

पूर्व प्रधानन्यायाधीश श्रेष्ठले आफूले सर्वोच्च न्यायालयमा नेतृत्व गरेपछि प्रविधिको विकासलाई आत्मसाथ गरेर मुद्दाहरूको छिटो छरीताे किनारा लगाएको बताए । आफूले नेतृत्व समालेको बखत सर्वोच्चमा ४० हजार मुद्दाहरू दर्ता रहेको त्यसमा १५ हजार ५ सय मुद्दाहरू फैसला गरी पीडितहरूलाई न्याय दिलाएको उल्लेख गरे । संवैधानिक व्यवस्था अनुरूप देश समाज, सामाजिक परिवेश सिद्धान्तसहित व्यवहारलाई समेत आत्मसाथ गरी न्याय सम्पादन गर्नुपर्ने कथन पूर्व न्यायाधीश श्रेष्ठको रहेको छ । प्रभाव र दबाबमा परी कुनै न्याय सम्पादन नगरी देश र नागरिकहरूको सर्वोपरी हितमा अडिग रहनुपर्ने तर्क पूर्व न्यायाधीश श्रेष्ठले गरे । 

उक्त कार्यक्रममा काठमाण्डौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा, डिन प्राडा ऋषिकेश वाग्ले, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्का लगायतको आतिथ्यता र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार