एकीकृत समाजवादीको मजदुर विशेष जिल्ला कमिटीमा समानान्तर कमिटी गठन

Nagarik Sewa 4426+ समाचार ( )
५ भाद्र २०८२, बिहीबार

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको मजदुर विशेष जिल्ला कमिटीमा समानान्तर कमिटी गठन भएको छ ।  यसअघि युवा र विद्यार्थी संगठनमा पनि समानान्तर कमिटी बनेको थियो ।कुमार सापकोटा अध्यक्ष रहेको मजदुर विशेष जिल्ला कमिटीलाई विघटन गरी पार्टीका केन्द्रीय सदस्य बिष्णु लम्सालले आफू निकट रहेका कमिटीका उपाध्यक्ष कुण्डल खड्कालाई संयोजक तोक्ने निर्णय गरेका हुन् । 

तर उक्त निर्णयलाई अस्वीकार गर्दै सापकोटाले पनि कुण्डल खड्का लगायतलाई हटाएर कमिटी पुनर्गठन गरेका छन् । योसँगै समानान्तर कमिटीको अवस्था बनेको हो । अध्यक्षसहित ६ जना पदाधिकारी रहेको कमिटी अध्यक्ष कुमार सापकोटा, उपाध्यक्ष ठाकुरबहादुर खड्का, सचिव रवि केसी र उपसचिव प्रभा पाण्डे सहित जिल्ला कमिटी सदस्यलाई समेत थाहा नदिई लम्साल निकटकाले समानान्तर कमिटी बनाएको सापकोटा पक्षको आरोप छ ।  

लम्साल पार्टी अध्यक्ष माधवकुमार नेपाल निकट हुन् भने जिल्ला कमिटी अध्यक्ष सापकोटा, सचिव केसी  लगायत पदाधिकारी पार्टी महासचिव घनश्याम भुसाल निकटका हुन् । त्यस्तै, जिल्ला कमिटी इन्चार्ज एवम् केन्द्रीय सदस्य दीपक पौडेल सम्मानित नेता झलनाथ खनाल निकट हुन्। 

पार्टी महाधिवेशनदेखि नै केन्द्रीय सदस्य दीपक पौडेल निकटका नेताहरूलाई हटाउने चलखेल गरेको खनाल निकट पक्षको आरोप छ । धमाधम समानान्तर गतिविधि हुन थालेपछि एकीकृत समाजवादीभित्रको विवाद थप झाँगिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार