जेनजी मिराज ढुङ्गानाको समूहद्वारा देशव्यापी आन्दोलनको घोषणा

Nagarik Sewa 4849+ समाचार ( )
६ पौष २०८२, आइतबार

काठमाडौं। जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुङ्गानाले देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका हुन्। सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरिएको ढुङ्गानाले बताए। 

उनले भोलि ११ बजे काठमाडौंस्थित माइतीघर मण्डलामा उपस्थित हुन समेत सबैलाई आह्वान गरेका छन्। पत्रकार सम्मेलनमा ढुङ्गानाले जेनजी आन्दोलनलाई धोका दिइएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गरेका छन् । उनले सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको दाबी समेत गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार