काठमाडौं । बुद्धजयन्तीको पावन अवसरमा राष्ट्रिय वाणिज्य बैंकले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेको छ।

बैंकले बुद्धजयन्तीजस्तो ऐतिहासिक तथा आध्यात्मिक पर्वले समाजमा सहिष्णुता, करुणा र सद्भावको भावना फैलाउने विश्वास व्यक्त गरेको छ। शुभकामना सन्देशमा बैंकले भगवान गौतम बुद्धको शिक्षाले आजको समाजमा मानवता, नैतिकता र शान्तिको महत्व अझ बढाउने उल्लेख गरेको छ।
राष्ट्रिय वाणिज्य बैंकले सामाजिक उत्तरदायित्वमा प्रतिबद्ध रहँदै, देशको समावेशी आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यले आफ्ना सेवा तथा कार्यक्रमहरू निरन्तर सुदृढ पार्दै आएको जानकारी पनि दिएको छ।
शुभकामना सन्देशमार्फत बैंकले बुद्धको शान्ति र करुणाको सन्देशलाई आत्मसात् गर्दै सबैमा आपसी सद्भाव, सहकार्य र प्रगतिको भावना झनै बलियो बनोस् भन्ने कामना गरेको छ।