शिक्षक महासंघद्वारा आन्दोलनलाई निरन्तरता दिन आग्रह

Nagarik Sewa 1733+ समाचार ( )
११ वैशाख २०८२, बिहीबार

काठमाडौं। नेपाल शिक्षक महासंघले अफवाह र हल्लाको पछि नलागेर आन्दोलनलाई निरन्तरता दिन  र महासंघको तर्फबाट आएका विषयलाई मात्र पत्याउन आग्रह गरेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भन्नुभयो “बजार हल्ला र अफवाहमा भर नपर्नुहोला । आन्दोलनमा उत्साहका साथ डटिरहनुहोला । यसपटक नेपाली शिक्षक कर्मचारीले नयाँ इतिहास रच्नु छ,” । 

सुवेदीले आन्दोलनकै क्रममा आज रक्तदान कार्यक्रम राखिएकाले बढीभन्दा बढी शिक्षकलाई रक्तदान गर्न अनुरोध गरेका छन् ।

महासंघको नेतृत्वमा चैत २० गतेदेखि शिक्षकहरूले काठमाडौंमा सडक आन्दोलन गरिरहेका छन् । उनीहरूले माइतीघर–बानेश्वरकेन्द्रित सडक आन्दोलन गरिरहेका छन् । विगतमा आफूहरूसँग भएका सहमतिअनुसार शिक्षा ऐन जारी हुनुपर्ने उनीहरूको एकसुत्रीय माग छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै