तोलामा ३७ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4851+ समाचार ( )
२१ माघ २०८२, मङ्गलबार

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य तोलामा ३७ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँ तोकिएको छ। 

सोमबार (माघ १९) प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो। 

त्यसैगरी, चाँदीको मूल्य तोलामा १३५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३३५ रुपैयाँ कायम भएको छ। हिजो पाँच हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार