टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेललाई अदालतमा झिकाउने आदेश

Nagarik Sewa 4849+ समाचार ( )
२२ पौष २०८२, मङ्गलबार

काठमाडौं। विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लागेका नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई अदालतमा झिकाउने आदेश जारी गरेको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले मंगलबार प्रतिवादी सुनिल पौडेललाई झिकाउने आदेश जारी गरेको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलविरुद्ध २०८१ वैशाख ९ गते गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। अख्तियारले पौडेलबाट २३ करोड ७५ लाख बिगो मागदाबी गरेको थियो। आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको भन्दै अख्तियारले अकूत सम्पत्ति कमाएको निष्कर्ष निकालेको छ।

यसअघि राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा अनियमितता गरेको ठहर गर्दै विशेष अदालतले दोषी ठहर गरेपछि कारागार चलान भएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार