ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षामाथि पूर्ण रोक लगाउने सरकारको निर्णय

Nagarik Sewa 4497+ समाचार ( )
१६ चैत्र २०८२, सोमबार

काठमाडौं। विद्यालय तथा उच्च शिक्षामा भर्ना प्रक्रिया अघि सञ्चालन हुँदै आएका ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षामाथि पूर्ण रोक लगाउने सरकारले निर्णय गरेको छ। सरकारले मन्त्रीस्तरबाट चैत १३ गते नै यो निर्णय गरेको मन्त्रालयले जनाएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार सार्वजनिक गरेको निर्णयअनुसार २०८३ साल वैशाख १ गतेदेखि देशभर यस्ता कुनै पनि कार्यक्रम सञ्चालन गर्न पाइने छैन। मन्त्रालयका अनुसार पछिल्लो समय निजी संस्थाहरूले भर्ना लक्षित गरी सञ्चालन गर्दै आएका ब्रिज कोर्स र इन्ट्रान्स तयारी कक्षाले विद्यार्थीमा अनावश्यक प्रतिस्पर्धा र मानसिक दबाब सिर्जना गरेको निष्कर्ष निकालिएको छ । यस्ता कक्षाले शिक्षामा समान पहुँचमा बाधा पुर्‍याउनुका साथै आर्थिक रूपमा कमजोर अभिभावकमाथि थप बोझ पार्ने गरेको पनि उल्लेख गरिएको छ ।

सरकारले औपचारिक शिक्षाबाहिर हुने यस्ता तयारी कक्षाले शिक्षाको मूल उद्देश्य नै प्रभावित भएको भन्दै नियन्त्रण आवश्यक देखिएको जनाएको छ । यस निर्णयसँगै अब विद्यालय वा कलेज भर्नाअघि हुने तयारी कक्षा सञ्चालन पूर्ण रूपमा गैरकानुनी हुनेछ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार