मुख्य समाचार
ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा | समृद्धि शाहले जितिन् वर्ल्ड राइजिङ स्टारको शीर्ष उपाधि | कांग्रेसको संस्थापन समूहद्वारा दुई महामन्त्री र एक सहममन्त्रीलाई पाँच वर्ष अवधिका लागि निष्कासित | नेकपाको केन्द्रीय सदस्य बनिन् युवा नेतृ अञ्जना पोखरेल | पत्रकार महासंघ काठमाडौंको कार्यबाहक अध्यक्षमा कमल राना | गाजामा क्षतिग्रस्त भवन आँधीले भत्काउँदा ५ प्यालेस्टाइनीको मृत्यु | बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ | कांग्रेसको सभापति पदका लागि गगन थापाको मात्रै उम्मेदवारी दर्ता | तोलामा १५ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु |

एकीकृत समाजवादीद्वारा जम्मु कश्मीर आतङ्कवादी आक्रमणको विरोध

Nagarik Sewa 3912+ समाचार ( )
११ वैशाख २०८२, बिहीबार

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)ले भारतको जम्मु कश्मीरको पहलगाममा वैशाख ९ गते (२२ अप्रिल २०२५) मङ्गलबार भएको आतङ्कवादी आक्रमणको कडा निन्दा गरेको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आक्रमणप्रति गम्भीर ध्यानाकर्षण गराउँदै मृतकप्रति श्रद्धाञ्जली अर्पण तथा पीडितप्रति समवेदना व्यक्त गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “पर्यटनको सिलसिलामा विभिन्न स्थानबाट पहलगाम पुगेका २६ जना निर्दोष व्यक्तिको ज्यान जाने गरी भएको यस आपराधिक कार्यप्रति हाम्रो पार्टी गहिरो चिन्तित छ। आफ्ना प्रियजन गुमाएका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।”

उक्त आक्रमणमा बुटवल उपमहानगरपालिका–१४, रूपन्देही निवासी नेपाली नागरिक सुदीप न्यौपानेको पनि नृशंस हत्या भएको पुष्टि गरिएको छ। पार्टीले न्यौपानेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।

“यस्ता जघन्य र कायरतापूर्ण आतङ्कवादी गतिविधिहरू कुनै पनि बहानामा स्वीकार्य हुन सक्दैनन्,” विज्ञप्तिमा उल्लेख छ। पार्टीले आतङ्कवादको कडा विरोध गर्दै सम्पूर्ण शान्तिप्रेमी जनता र राष्ट्रहरूलाई यस्ता घटनाको सर्वत्र भर्त्सना गर्न आह्वान गरेको छ। एकीकृत समाजवादीले  दुखद घडीमा भारतीय जनता र भारत सरकारसँग ऐक्यबद्धता जनाउँदै सहानुभूति व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार