मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार

Nagarik Sewa 4519+ समाचार ( )
४ वैशाख २०८३, शुक्रबार

काठमाडौं । काठमाडौं प्रहरीले विभिन्न अपराधिक समूहमा सक्रिय युवाहरूको सूची तयार पारेको जानकारी दिएको छ । साथै, गुण्डागर्दी भए या आपराधिक पृष्ठभूमिका युवाहरूले त्रास देखाए सूचना उलब्ध गराउन पनि प्रहरीले आग्रह गरेको छ । काठमाडौं प्रहरीले भदौ २३ र २४ को जेनजी आन्दोलनयता भएगरेको कामकारबाहीबारे जानकारी दिन शुक्रबार पत्रकार सम्मेलन गरेको थियो । सोही क्रममा काठमाडौंका एसपी पवन भट्टराईले आपराधिक गतिविधिको सूचना भए उपलब्ध गराउन आग्रह गरेका हुन् ।

प्रहरीले पछिल्लो समय सामाजिक सञ्जालमार्फत आफ्नो समूह देखाउन भिडियो पोस्ट गर्ने, अनावश्यक तडकभडक गरेर नागरिकको मनोविज्ञान त्रास पार्नेहरूको सूची तयार पारेको छ । सूचीमा पर्नेहरूमा अधिकांश गुण्डागर्दी समूहका युवाहरू रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले करिब २०० जनाको प्रोफाइल नै तयार गरेको छ । पटक–पटक पक्राउ परेर मुद्दा चलेका र सामाजिक सञ्जालमार्फत आफ्नो समूहको विस्तार गर्दै प्रचार-प्रसार गर्नेहरूसम्मको प्रोफाइल प्रहरीले तयार पारेको हो ।

प्रोफाइलिङ गरेका युवाहरूको विभिन्न डकुमेन्टसमेत प्रहरीले राखेको छ । केही दिनअघि प्रहरीले अपरेसन सेफ्टी सचालन गरेको थियो । त्यसक्रममा ३३ जना युवाहरुलाई गुण्डागर्दीमा संलग्नताको आरोपमा पक्राउ गरेको थियो । तर, बुधबार १३ जना धरौटीमा छुटिसकेका छन् । उनीहरू समेत अझै निगरानी मै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै