काठमाडौं। तारकेश्वर नगरपालिकाले आफ्नो सक्रियतामा तीनपिप्लेमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काएको छ। आज बिहानदेखि तीनपिप्ले क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा र अन्य संरचना डोजर समेत लगाएर भत्काएको हो।
स्थानीय निकायले संरचना भत्काउन सुरु गर्नु भन्दा केही दिन अघि नै यहाँ रहेका पसल र व्यवसायीलाई सूचना तथा चेतावनी दिएको थियो।