पोखरामा दाइँ महोत्सव हुने

Nagarik Sewa 4431+ समाचार ( )
१३ मंगशिर २०८२, शुक्रबार

पोखरा। कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ भोलि पोखरा महानगरपालिका–१९ पुरनचौरको चुरुङ्गामा दोस्रो संस्करणको दाइँ महोत्सव हुने भएको छ। पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा महोत्सव गर्न लागेको हो। 

कृषि पर्यटनमार्फत देशको पर्यटन क्षेत्रलाई अझै फराकिलो बनाउन, नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउनुको साथै आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा टेवा पुर्याउन महोत्सव आयोजना गरिएको परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए। 

महोत्सवमा उत्कृष्ट गोरुपालक प्रतियोगिता, उत्कृष्ट धान उत्पादक प्रतियोगिता, धान चुट्ने प्रतियोगिता, परालको भारी बाँध्ने प्रतियोगिता, गुन्द्री बुन्ने प्रतियोगितालगायत प्रतियोगितात्मक गतिविधि हुने छन् ।

पर्यटनसँग हरेक क्षेत्र जोडिएको, कृषि पर्यटन पनि पर्यटन प्रवर्द्धनका निम्ति महत्वपूर्ण पक्ष भएकाले महोत्सव आयोजना गरिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार