मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

रजस्वाला भएको बेला गोठमा सुत्दा सर्पदंशबाट मृत्यु

Nagarik Sewa 5112+ समाचार ( )
२९ असार २०८२, आइतबार

कञ्चनपुर। कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीय कमला दमाई (आउजी) को सर्पदंशबाट मृत्यु भएको छ। महिनावारी (रजस्वाला) भएका समयमा घरको आँगनमै रहेको गोठमा सुत्न गएका बेला उनलाई बायाँ गालामा शुक्रबार सर्पले डसेको थियो।  

तत्काल उहाँलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याइएको थियो। अस्पतालमा उपचारका क्रममा कमलाको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए।

कमलाका तीन स–साना बालबालिका छन्। मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेका छन्।  कमलाको बस्नका लागि पक्की घर भए पनि महिनावारी भएपछि सुत्नका लागि घरको आँगनमै बनाइएको गोठमै जाने गरेको स्थानीय बासिन्दाको भनाइ छ। स्थानीयका अनुसार कमला महिला दुई महिना अघिमात्र भारतबाट घर आइपुगेकी थिइन्।

नगरप्रमुख हेमराज ओझाले गोठमा सर्पदंशबाट महिलाको मृत्यु खबर सुन्दा स्तव्ध भएको बताए। ुछाउपडी प्रथा हटाउनका लागि प्रयास गर्दै आएका छौं, उनले भने, 'जनचेतना फैलाउने कार्य गर्दागर्दै महिलाको दुःखद् निधन भयो, निकै मर्माहत छौं। 'विद्यमान छाउपडी प्रथा हटाउनका लागि आगामी आवको नीति तथा कार्यक्रमै पनि सचेतनामूलक कार्यक्रम गर्ने, छागोठ भत्काउने कार्यक्रम राखिएको उनले  जानकारी दिए।

'छाउपडी प्रथा कानुनतः निषेध गरिएको भए पनि अशिक्षा र गरिबी भएका क्षेत्रमा विद्यमान छ, त्यसलाई घटाउनका लागि भरमग्दुर प्रयासमा छौं,' उनले भने। छाउपडी प्रथाजस्तो गम्भीर मानवताविरोधी कुप्रथाका कारण निर्दोष महिलाले ज्यान गुमाउनुपरेको दलित अगुवा राजुराम सार्कीले बताए।

महिनावारी नियमित प्राकृतिक जैविक प्रक्रियालाई घृणित भावना राखेर व्यवहार गर्ने घरपरिवार, समाजको चरित्र फेर्न आवश्यक रहेको उनले बताए। राष्ट्रिय हलिया मुक्ति समाजका अध्यक्ष शिवी लुहारले छाउपडी प्रथा नेपालको सुदूरपश्चिममा प्रचलित अमानवीय सामाजिक प्रथाको अन्त्य हुनुपर्ने बताए।

कुरीतिजन्य अमानवीय यस प्रथालाई हटाउन सम्बन्धित निकायले यथाशीघ्र पहलकदमी लिनुपर्ने उनको भनाइ छ। उनका अनुसार मुलुकी अपराध संहिता २०७४ मा महिला रजस्वला र सुत्केरी भएको अवस्थामा छाउपडीमा राख्न नराख्न पाइने व्यवस्था छ। यस्तो कार्य गरिए तीन महिना कैदको व्यवस्था छ।रासस

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार