मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

सबै धर्मप्रति मेरो उत्तिकै सम्मान रहेको छः प्रधानमन्त्री कार्की

Nagarik Sewa 4697+ समाचार ( )
१५ मंगशिर २०८२, आइतबार

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सबै धर्मप्रति आफ्नो उत्तिकै सम्मान रहेको प्रस्ट पार्नुभएको छ। उहाँले शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सवैमा अनुरोध समेत गर्नुभएको छ। लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भका क्रममा आफूले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएको भन्दै प्रधानमन्त्रीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आशय र नियत नभएको बताउनुभएको हो। 

प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भनेको छ, ‘सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ । शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ ।’ मङ्सिर ९ गते आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले मुसलमानहरूको प्रवृत्ति–व्यवहार अन्यायपूर्ण देखिएको बताउनुभएको थियो। उहाँले उक्त समुदायमा जिउँदै लगेर महिलालाई गाड्ने, तान्ने, कतिपय मुस्लिम देशमा महिलालाई आजादी नदिने, पढ्न नदिने पनि देखिएको बताउनुभएको थियो। 

‘पहिलेको अरेबियनकालका मुस्लिम देशहरू हेर्नुहुन्छ भने सुडान इजिप्टमा महिलाहरू डाक्टर भएका पनि छन्, महिलाहरू सम्पत्तिमा बलिया । हिन्दु धर्ममा पनि त्यही भन्छ । पहिले एकदमै आजादी थियो’, प्रधानमन्त्री कार्कीको भनाइ थियो । उहाँले धर्मले महिलालाई सताऊ, पीडा देऊ नभनेको बताउनुभएको थियो। तर प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको आलोचना भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार