मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने
जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने

Nagarik Sewa 4519+ समाचार ( )
३० मंगशिर २०८१, आइतबार

काठमाडौँ । सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन नेपालको जनकपुरमा हुने भएको छ। मार्च २१ र २२ मा हुने सम्मेलनमा विश्वका विभिन्न देशका क्यान्सर रोग विशेषज्ञहरुको सहभागिता रहनेछ ।

सम्मेलनमा अमेरिका, भारत, बंगलादेश, नेपालका क्यान्सर रोग विशेषज्ञ र यसको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र सरोकारवालाहरु सहभागी हुने आयोजक विनयतारा फाउन्डेसनले जनाएको छ।

विश्वमा क्यान्सर उपचारमा भइरहेको नयाँ प्रगति, प्रविधि, अनुसन्धान र चिकित्सकहरुका अनुभवहरु सम्मेलनमा समेटिने सम्मेलनका निर्देशक तथा फाउन्डेसनका अध्यक्ष डा.विनय शाहले बताएका छन्।

उनका अनुसार दुई दिन चल्ने सम्मेलनको पहिलो दिन नीतिगत बहश पनि हुनेछ। ‘स्वास्थ्य बीमा विषयमा राजनीतिज्ञ, नीतिनिर्माता र सरोकारवाला राखेर बहश गर्ने र त्यसलाई सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् आमजनसम्म पुर्‍याउने तयारी पनि भइरहेको छ,’ डा. शाहले भने ।

पहिलो दिन मार्च २१ दिउसो १: ३० बजेबाट सम्मेलन सुरु हुनेछ।  रजिस्ट्रेसन, त्यसपछि हेड एन्ड नेक क्यान्सरका विषयमा छलफल, अब्स्ट्र्याक्ट प्रिजेन्टेसन, नीतिगत बहश र सांस्कृतिक कार्यक्रम राखिएको छ।  दोस्रो दिन रजिस्ट्रेसनका साथै बिहान ८ बजेदेखि सेसन सुरु हुनेछन्।

सुरुमा ब्रेस्ट क्यान्सर, त्यसपछि लङ क्यान्सर, जीआई अन्कोलोजी, सपोर्टिभ केयर, जीयु अन्कोलोजी, गाइनोक्लोजिक क्यान्सर, हेमाटोलोजिकल मेलिङन्यान्सिज र अब्स्ट्र्याक्ट पोस्टर सेसन हुने फाउन्डेसनले जनाएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै