मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

क्यानडामा अन्धाधुन्ध गोली प्रहार हुँदा १० जनाको मृत्यु

Nagarik Sewa 5112+ समाचार ( )
२९ माघ २०८२, बुधवार

काठमाडौं। क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको टम्बलर रिज सहरमा रहेको एक हाई स्कुलमा बुधबार बिहानै अन्धाधुन्ध गोली प्रहार गरिँदा १० जनाको मृत्यु भएको छ। गोली लागेर २५ जना घाइते पनि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

मृतकमा कोही विद्यार्थी छन् कि छैनन् भन्ने कुरा अझै थाहा भएको छैन। घटनापछि स्कुल बन्द गरिएको छ। स्थानीय विधायक ल्यारी न्युफेल्डले भनेका छन्, ‘स्थिति नियन्त्रण गर्न ठुलो संख्यामा प्रहरी र एम्बुलेन्स टोली घटनास्थलमा पठाइएको छ।’ उनले आफ्ना प्रियजन खोज्न बाहिर निस्केका मानिसहरूलाई घर फर्कन र सुरक्षित रहन अपिल गरेका छन्।

क्यानडाको सरकारी वेबसाइटका अनुसार, घटना भएको टम्बलर रिज माध्यमिक विद्यालयमा कक्षा ७ देखि १२ सम्म १७५ विद्यार्थी पढ्छन्। रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) को उत्तरी जिल्ला कमान्डर केन फ्लोयडले अवस्था गम्भीर रहेको बताए। उनले स्कुल प्रशासन, आपत्कालीन टोली र स्थानीय बासिन्दाले घटना व्यवस्थापनमा प्रहरीलाई सहयोग गरेको जानकारी दिए।

प्रहरीका अनुसार, स्कुलमा गोली प्रहार भएको खबर स्थानीय समय मध्यराति १ः२० बजे प्राप्त भएको थियो। जानकारी पाएपछि  स्कुलमा घटनास्थल प्रवेश गर्दा धेरै मानिस घाइते र मृत अवस्थामा फेला परेका हुन्। आक्रमणकारी ठानिएका एक व्यक्ति पनि मृत फेला परेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार