मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन राजनीतिक दल इमान्दार हुनुपर्छः अध्यक्ष प्रचण्ड

Nagarik Sewa 4697+ समाचार ( )
२४ पौष २०८१, बुधवार

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुङ्ग्याउन दबाब सृजना गर्नुपर्ने बताउनुभएको छ । बेपत्ता योद्धा राजेन्द्र ढकालको २६ औं स्मरण दिवसका अवसरमा आज काठमाडौं आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिकको सार्वजनिकीकरणको सवाल’ विषयको कार्यक्रममा उहाँले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सबैले दबाब सिर्जना गर्नुपर्ने अवस्था उत्पन्न भएको बताउनुभयो । 

शान्ति प्रक्रियालाई निष्कर्षमा पुग्न नदिन केही तत्व लागेका उल्लेख गर्दै उहाँले भन्नुभयो, 'शान्ति प्रक्रियालाई जटिल मोडमा पुर्‍याउने प्रवृत्ति पनि देखिएको छ, त्यो तत्वले टुङ्गिन लागेको शान्ति प्रक्रियालाई रोकिराखेको छ ।'

शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई चाँडो टुङ्गोमा पुर्‍याउन सबै राजनीतिक दल इमान्दार हुनुपर्नेमा जोड दिँदै उहाँले यस सम्बन्धमा कांग्रेस र एमालेसँग छलफल गर्ने बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार