फिलिपिन्समा शक्तिशाली भूकम्प

Nagarik Sewa 4372+ समाचार ( )
२४ अशोज २०८२, शुक्रबार

काठमाडौं। फिलिपिन्समा शुक्रबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । भूकम्पपछि सुनामीको चेतावनीसमेत जारी गरिएको छ। भूकम्पको तीव्रता ७.४ म्याग्निच्यूड रहेको जनाइएको छ। भूकम्पको केन्द्रबिन्दुबाट ३०० किलोमिटरभन्दा टाढा रहेका इन्डोनेसियाको उत्तरी सुलावेसी र पपुवा क्षेत्रमा पनि सुनामीको चेतावनी दिइएको छ। इन्डोनेसियाको भौगर्भिक एजेन्सीले यी क्षेत्रहरू खतरामा रहेको जनाएको छ।

प्यासिफिक सुनामी चेतावनी केन्द्रका अनुसार फिलिपिन्सका केही तटहरूमा सुनामीका छालहरू सामान्य ज्वारभाटाको स्तरभन्दा ३ मिटरसम्म (१० फिट)माथि पुग्न सक्छन्। इन्डोनेसिया र पलाउका केही तटहरूका लागि भने छालहरू सामान्यभन्दा एक मिटरसम्म माथि पुग्न सक्ने चेतावनी दिइएको छ।

फिलिपिन्सका अधिकारीहरूले पहिलो सुनामीका छालहरू स्थानीय समयअनुसार बिहान ११ः४३ अघि नै आइपुग्न सक्ने र ती ‘घण्टौँसम्म रहन सक्ने’ बताएका छन्।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार