एकीकृत समाजवादीमा आकर्षण बढ्ँदै: विभिन्न पार्टी परित्याग गरी १५० जना एकीकृत समाजवादीमा समाहित

Nagarik Sewa 4431+ समाचार ( )
२६ चैत्र २०८१, बुधवार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) जुम्लाको नवौं जिल्ला अधिवेशन उद्घाटन गरिएको छ।  पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पार्टी प्रचार विभाग प्रमुख प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिएको हो। पार्टीका केद्रीय सचिव चन्द्रबहादुर शाही, कर्णाली प्रदेश कमिटीका अध्यक्ष ठगेन्द्रप्रकाश पुरीलगायतका नेताहरुको उपस्थिति रहेको थियो।

उपाध्यक्ष ज्वालाले समाजवादी कार्यक्रम लिपिवद्ध गरेर पार्टीले आन्दोलनको कार्यक्रमसमेत सार्वजनिक गरिसकेको बताउनु भएको छ। ज्वालाले अगाडि भन्नुभयो, 'हाम्रो पार्टीको नाम समाजवादी, कार्यक्रम समाजवादी, लक्ष्य समाजवादी स्पष्ट रुपमा हामीले लिपिवद्ध गरिसकेका छौँ। यसमा कुनै दुईमत छैन। दिगभ्रमित हुनुपर्दैन।' 

त्यस्तै, जुम्लाका सहइन्चार्ज पदमबहादुर रोकाया, केन्द्रीय निर्वाचन आयोग सदस्य इन्द्र शर्माको उपस्थिति रहेको अधिवेशनको सञ्चालन सचिव शंकर रोकायले गर्नुभएको थियो भने स्वागत मन्तव्य जिल्ला उपसचिव टेक प्रसाद धितालले राख्नु भएको थियो। 

उद्घाटन कार्यक्रममा कांग्रेस, एमाले, माओवादी परित्याग गरेर १५० जना स्थानीय नेताकार्यकताहरु एकीकृत समाजवादीमा समाहित हुनुभएको छ। पार्टीमा समाहित हुनुभएका नेता कार्यकर्ताहरुलाई पार्टी उपाध्यक्ष ज्वालाले स्वागत गर्नुभएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार