मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |
मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |


बुढानीलकण्ठको चौथो रोजगारी मेलाको तयारी पूरा: रोजगारीलाई विशेष प्राथमिकता

Nagarik Sewa 4670+ समाचार ( )
३० माघ २०८१, बुधवार

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले विगत चार वर्षदेखि निरन्तर आयोजना गर्दै आइरहेको चौथो रोजगारी तथा वृत्ति मेला यहि फागुन २ र ३ गते आयोजना गर्न गइरहेको छ। शिक्षा, सिप र उद्यमशीलता; रोजगारी हाम्रो प्राथमिकता भन्ने नाराका साथ चौथो रोजगारी तथा वृत्ति मेला आयोजना गर्न गइरहेको छ । नगरपालिकाले यसपालिको मेलामा युवा रोजगारीलाई विशेष प्राथमिकतामा राखेको छ।

नगरपालिकामा स्थायी बसोबास गर्ने १६ वर्षदेखि ४० वर्षसम्मका बेरोजगार युवालाई यही माघ मसान्त भित्र अनलाइन मार्फत वा सम्बन्धित वडा कार्यालयमा गएर फर्म भर्न नगरपालिकाले आह्वान गरेको छ। यस रोजगार तथा वृत्ति मेलामा बुढानीलकण्ठ नगरपालिकामा दर्ता रहेका दश हजार व्यावसायिक फर्महरुलाई मेलामा आमन्त्रण गरिएको छ । मेलामा कम्तीमा १०० जनालाई मेला अवधिमा नै रोजगारीमा जोड्ने, २०० जनालाई इन्टर्नका लागि तयार गर्ने, १५० जनाका लागि साइकोमेट्रिक टेष्ट, औद्योगिक प्रशिक्षार्थी स्किल कम्पिटिसन, विद्यार्थीका अभिभावकलाई समेत करियर सम्बन्धी काउन्सेलिङ, १०० जना युवालाई सिंगल काउन्सेलिङ, ४०० जना युवाहरुलाई सामुहिक काउन्सेलिङ लगायतका कार्यक्रम राखिएको छ ।

यस पूर्वका वृत्ति तथा रोजगार मेलाको सफलताबाट उद्वेलित बुढानीलकण्ठ नगरपालिकाले चौथो रोजगार तथा वृत्ति मेलालाई अझ विशेष बनाउन नगर प्रमुख  मिठाराम अधिकारी संयोजक र उपप्रमुख  अनिता लामा सहसंयोजक रहने गरी मूल आयोजक समिति गठन गरेर तयारी कार्यक्रम अघि बढाईएको छ। मूल आयोजक समितिमा नगरस्तरीय उद्योग वाणिज्य संघका साथै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई समेत समावेश गरिएको छ । निजी क्षेत्रलाई मेलामा स्वःस्फूर्त सहभागिता गराउन विभिन्न चरणमा छलफल गराउनुको साथै उद्यम तथा व्यवसायको घरदैलोमा गई मेलामा सहभागीताका लागि प्रोत्साहन गरिएको जनाइएको छ । 

मेलामा बढी भन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरिरहेका उद्यमीहरुलाई नगर परिसरमा स्टल राख्न दिने व्यवस्था मिलाइएको छ । मेलामा कुल ४२ वटा स्टल रहने र उक्त ४२ स्टल मध्ये २० वटा रोजगारदाता, ६ वटा शिक्षा, सिप तथा तालिम प्रदायक, ३ वटा उन्नयनशील युवा उद्यम, ७ वटा रमाइलो शुक्रबार प्रवद्र्धक र बाँकी ६ वटा विविध विषयका स्टलहरु रहने छन् । यस चौथो रोजगार तथा वृत्ति मेलामा २५ हजार भन्दा वढी गृहणी महिला, युवा तथा विद्यार्थी लगायतले अवलोकन गर्ने र मेला अवधिमा दर्जनौ बेरोजगार युवाहरुले रोजगारी प्राप्त गर्ने अपेक्षा गरिएको छ।

मेलालाई पूर्ण रुपमा सफल बनाउन विभिन्न उपसिमिति गठन गरी क्रियाशील बनाइनुका साथै नगरपालिका भित्रका बेरोजगार युवाहरुलाई यस मेला मार्फत दिगो रोजगारीमा जोड्ने अभिष्ट राखी बेरोजगार युवाहरुको तथ्याङक सङकलन कार्यलाई समेत यस वर्ष पनि निरन्तरता दिइएको छ ।

नगरपालिकाको परिसरमा यही फागुन २ गते बिहान ९ः०० बजे नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय विद्या भट्टराईले समुदघाटन गर्ने सो कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय  गगन कुमार थापा, बागमती प्रदेशका सामाजिक विकास मन्त्री माननीय हरिप्रभा खड्गी, खानेपानी, उर्जा तथा सिचाइ मन्त्री माननीय  श्याम बहादुर खड्का, बागमती प्रदेश सभाका सदस्य माननीय  जयराम थापा र  मिना पराजुलीलाई विशिष्ट अतिथिको रुपमा आमन्त्रण गरिएको आयोजकले जनाएका छन् ।

यसका साथै काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी र काठमाण्डौ उपत्यकाका सबै पालिका प्रमुख, उपप्रमुख , शिक्षा विभाग, महाशाखा, शाखा प्रमुख लगायतलाई कार्यक्रममा आमन्त्रण गरिएको छ।  बुढानीलकण्ठ नगरपालिकाको कार्यालय परिसरमा आयोजना हुन गइरहेको यस कार्यक्रममा बागमती प्रदेशको शैक्षिक तालिम केन्द्र, धुलिखेलको आर्थिक सहयोग र हेल्भिटास इन्स्योर परियोजनाको प्राविधिक सहयोग रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै