विराटनगरका दुई क्यासिनोबाट २० नेपाली पक्राउ

Nagarik Sewa 4150+ समाचार ( )
७ पौष २०८२, सोमबार

काठमाडौं। प्रहरीले विराटनगरका दुई क्यासिनोबाट २० जना नेपालीलाई पक्राउ गरेको छ। आइतबार मध्यराति छापा हानेको प्रहरीले क्यासिनोका व्यवस्थापकसहित २० जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो। क्यासिनोमा नेपाली नागरिक प्रवेश निषेध छ। 

तर, विराटनगरमा दुई क्यासिनोमा नेपालीको आउजाउ सहज भएका कारण पटक(पटक झगडा भएको विषय पनि बाहिर आएको थियो। आइतबार बिग होटलभित्र सञ्चालनमा रहेको च्याम्पियन जोन क्यासिनो र रत्ना होटल भित्र सञ्चालनमा रहेको गोल्डेन क्यासिनोमा प्रहरीले छापा मारेको थियो ।

छापा मार्ने क्रममा रत्ना होटलको क्यासिनोबाट १४ जना र बिग होटलको क्यासिनोबाट ६ जना नेपालीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रमुख कबित कट्वालले जानकारी दिए। पक्राउ पर्नेमा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतमसहित २० जना नेपाली छन् । प्रहरीले पक्राउ परेकाहरू विरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा  चलाउने तयारी गरेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार