मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

राजनीति गर्ने भए पार्टी खोलेर आउन पूर्वराजा शाहलाई माधव नेपालको सुझाव

Nagarik Sewa 5112+ समाचार ( )
२३ चैत्र २०८१, आइतबार

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादी जनयुद्ध छोडेर आएको दाबी गरेका छन्।  आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) वागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले  माओवादी जनयुद्धबाट तीन नेताले बसेर सहमति गरिसकेपछि मात्रै मिसिएको बताएका हुन्। 

पूर्वराजा शाहलाई राजनीति गर्नुछ भने पार्टी खोल्न नेपालले सुझाव दिए।  ‘एउटा राम्रो कुरा मैले सुने। राम्रो कुरा के हो भने त्यो पूर्वराजाको सचिव एक जनाले बोलेको कुरा सही हो भने-अहिले राजा फर्काउने कुरा छैन, राजाको इच्छा पनि होइन। पूर्वराजाको इच्छा पनि होइन। बाहिरको हल्ला मात्रै हो भने पनि अलिकति मन शान्त भएको छ,' उनले भने, 'अरुले पनि फाइदा उठाउन खोजेका रहेछन्। यदी त्यो हो भने म पूर्वराजा ज्ञानेन्द्रलाई धन्यवाद दिन चाहन्छु। राजनीति गर्नु छ भने पार्टी खोल्नुस्। राजनीतिक मैदानमा आउनुस्। जनताको बीचमा जानुस्। चुनावमा जितेर बहुमत ल्याउनुस्। देश र जनताको कल्याण गर्नुहुन्छ भने खुसीकै कुरो।'

तत्कालीन नेकपा एमालेमा रहँदा पार्टीले गणतन्त्र ल्याउने निर्णय गरेको उनको दाबी छ। कोइराला र आफूले नै सबै सहमति गरेको र तत्कालीन राजा ज्ञानेन्द्रले सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको बताए।

'यी जम्मै कुराहरू गर्ने हामी तीन जना नेता हौँ। एउटा गिरिजाप्रसाद कोईराला, दोस्रो म र त्यसपछि ज्ञानेन्द्र। पछि मात्रै हुन् प्रचण्डजी। पछि मात्रै हो उहाँहरु आएको भनेको त जनयुद्धको जुन इलाकाबाट पछि आएको मात्रै हो,' उनले भने, 'मंसिर महिनामा हामीले सहमति गरिसकेपछि मात्रै आएको हो। हाम्रो पार्टीले गणतन्त्र ल्याउने निर्णय हामीले गरेको साउन महिनामा हो। बसेर सहमति गरेको २०६३ सालको वैशाखको ११ गते हो। ११ गते बस्दा म र गिरिजाबाबु थियौँ। हामीले सबै सहमति गरेर कागज तयार गरेका हौँ। सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको हो।’

चैत १५ गते राजावादीको प्रदर्शनमा आफ्नो पार्टी कार्यालयको सुरक्षा नगरेको भन्दै उनले आपत्ति पनि जनाए। आफ्नो पार्टीलाई तत्काल क्षतिपूर्ति दिन उनको माग छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार