तोलामा ६ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4431+ समाचार ( )
१० पौष २०८२, बिहीबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो। 

महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च रेकर्ड थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। बुधबार प्रतितोला ४ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार २० रुपैयाँले घटेर ४ हजार ४ सय रुपैयाँ कायम भएको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार