मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

स्कुलबाटै भूमिगत, स्नातकोत्तर गरेर सांसद भएपछि दीक्षित भए सापकोटा

Nagarik Sewa 4868+ समाचार ( )
१३ पौष २०८१, शनिबार

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं १ बाट संघीय संसद, प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सदस्य माधव सापकोटा सुबोध आज त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोहमा दीक्षित भएका छन्। 

माओवादीको नेतृत्वमा २०५२ साल फागुन १ गतेदेखि १० वर्षसम्म भएको उथलपुथलकारी जनयुद्धको उद्गमस्थलमध्येको एक सिन्धुपाल्चोकको कुविण्डेमा जन्मिएका सापकोटाले प्रारम्भिक शिक्षा श्री सेतिदेवी पञ्चकन्यामावि कुविण्डेबाट हासिल गरेका थिए। तर तात्कालीन राज्यद्वारा अपनाइएको दमनकारी नीतिका कारण उनले माध्यमिक तहको पढाइ पूरा नगरी भूमिगत हुनुपरेको थियो। माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा आवद्ध सापकोटा राज्यका कारण विद्यालयमा उपस्थित हुन नसक्ने अवस्था आएपछि भूमिगत भएका थिए। 

शनिबार त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोहमा सापकोटासँगै १४ हजार ३०८ विद्यार्थी दीक्षित भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित दीक्षान्त समारोहमा सहभागी हुँदै सापकोटाले  फेसबुकमा लेखेका छन्, 'आज त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेपछि दीक्षान्त समारोहमा सहभागी भएँ। कुविण्डेको श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा पढ्दै गर्दा दमनकारी शासनको सामना गर्नुपर्‍यो। विद्यार्थी जीवनमै भूमिगत राजनीतिमा होमिएरपछि टुटेको ओैपचारिक अध्ययन शान्ति प्रकृया पश्चात जोडेको थिएँ ।'

२०५२ साल माघ १८ गते उनी पढेको विद्यालयका शिक्षकलाई पक्राउ गर्न आएका सादा पोशाकका प्रहरीलाई स्थानीयले लखेटेपछि एक प्रहरीको ब्रह्मायणी खोलामा डुबेर मृत्यु भएको थियो। यस घटनापछि सम्पूर्ण कुविण्डे गाउँबासीलाई चौतारामा उपस्थित गराएर प्रशासनले धरपकड, चरम यातना र दमन सुरु गरेको थियो। यसै कारण एसएलसी दिन नपाउँदै माओवादीको भूमिगत राजनीतिमा सहभागी भएका थिए ।  

जनयुद्धका क्रममा शैन्य र राजनीतिक फाँटमा माथिल्लो तहसम्म पुगेका उनी सुरक्षाफौजसँगको दोहोरो भिडन्तमा पटक पटक गम्भीर घाइते भएका थिए । सापकोटाले शान्ति प्रक्रिया प्रारम्भ भएपछि  जनमुक्तिसेनाका लागि राखिएको क्यान्टोनमेन्टमा बसेर आफ्नो पढाइलाई निरन्तरता दिएका थिए। उनले चितवनको शक्तिखोरमा तत्कालीन जनमुक्ति सेनाका लागि खोलिएको जनशैनिक माध्यमिक विद्यालयबाट एसएलसी दिएका थिए । उनले प्राइभेटबाट आइए, स्नातक तह र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै