मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |

जेन्जी आन्दोलनमा लुटियो राष्ट्रिय वाणिज्य बैंकको सवा ५ करोड र १८ किलो सुन

Nagarik Sewa 4720+ समाचार ( )
१ अशोज २०८२, बुधवार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सुशान्त प्रधानसँगको पोडकाष्टमा प्रर्दशनका क्रममा वित्तीय क्षेत्रमा ठूलो क्षति नभएको र राष्ट्रिय वाणिज्य बैंकको सवा ५ करोड र १८ किलो सुन लुटिएको बताएका छन् । अहिले त्यो भिडियो क्लिप निकै भाइरल भएको छ । उक्त भनाइलाई कान्तिपुरले राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकसँग पुष्टि गरेको छ । जसअनुसार भदौ २४ मा प्रर्दशनकारीले बानेश्वसस्थित संसद् भवनमा आक्रमण गरेका थिए ।

सोही क्रममा संसद् भवन परिसरमै रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा पनि तोडफोड तथा लुटपाट भएको छ । बैंकमा रहेको ५ करोड १५ लाख रुपैयाँ र १७ हजार ९ सय ४५ ग्राम (करिब १८ किलो) सुन चोरी भएको बैंकले स्वीकार गरेको छ । बैंकका सूचना अधिकारी पवन रेग्मीका अनुसार ग्राहकको लकरमा रहेको सबै सुन सुरक्षित छ । तर, ऋण धितोमा रहेकोमध्ये १७ हजार ९ सय ४५ ग्राम सुन लुटपाट भएको हो । त्यो सुन ऋणको धितोमा रहेकाले त्यसको बिमा गरिएको पनि बैंकले बताएको छ ।

यसबाहेक वित्तीय क्षेत्रमा ठूलो क्षति नभएको गभर्नर पौडेलले सार्वजनिक रूपमै बताउँदै आएका छन् । उनका अनुसार मुलुकभर रहेका बैंक तथा वित्तीय संस्थाका ६८ वटा शाखा र एक्सटेन्सन काउन्टर, ६९ वटा एटीएममा तोडफोड तथा आगजनी भएको छ । तीमध्ये २५ शाखा कार्यालय र ४३ वटा एक्सटेन्सन काउन्टर छन् । ती शाखा तथा एक्सटेन्सन काउन्टरमा धेरै क्षतिको विवरण भने छैन । क्षति पुगेको भनिएकामध्ये एउटा झ्यालको सिसा फुटेको देखि आगजनी भएकासम्म छन् । यस्तै, एउटा शाखा र काउन्टर स्थापना गर्दा लाग्ने खर्च समान हुदैन ।

बैंकहरूले ग्राहकको चाप, आफ्नो गुडविललगायतका आधारमा शाखामा खर्च गर्ने गरेका हुन्छन् । शाखा तथा एक्सटेन्सन काउन्टरमा कार्यरत कर्मचारीको संख्यामा पनि एकरूपता हुँदैन । यद्यपि प्रर्दशनका क्रममा भएको क्षतिका बारेमा राष्ट्र बैंकले तथ्यांक संकलन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार