मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण

Nagarik Sewa 5112+ समाचार ( )
३ कार्तिक २०८३, सोमबार

काठमाडौं । नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिमा आधारित एनटी फाइबर सेवामा ल्याएको विशेष अफरप्रति ग्राहकको आकर्षण बढेको छ ।

सस्तो दरमा उच्च गतिको इन्टरनेट सेवा लिन चाहने ग्राहकको संख्या बढेपछि नयाँ लाइन जडानका लागि आवश्यक जानकारी दिने टेलिकमको १९८ नम्बरमा चाप बढेको हो । टेलिकमको सो नम्बरमा सेवाग्राहीको चाप बढेसँगै अनलाइनबाट पनि इन्टरनेट सेवा जडानसम्बन्धी अनुरोध गर्नुका साथै सेवासँग सम्बन्धित अन्य गुनासोसमेत दर्ता गर्न सकिनेछ ।

यसबाट एनटी फाइबरको नयाँ लाइन जडान गर्न चाहने ग्राहकलाई आवश्यक जानकारी लिन तथा सेवा जडान प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ ।

नेपाल टेलिकमका अनुसार, एनटी फाइबरको नयाँ लाइन जडान गर्न इच्छुक ग्राहकले १९८ नम्बरमा कल गरी आफूलाई पायक पर्ने स्थानमा सेवा उपलब्ध गराउनेबारे जानकारी लिन सक्नेछन् ।

त्यसैगरी, टेलिकमले एनटी फाइबर जडानका लागि आवश्यक विवरण अनलाइनमार्फत उपलब्ध गराउन सकिने व्यवस्था पनि गरेको छ । https://complain.ntc.net.np/ लगइन गरी नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत यसको प्रयोग गर्न सकिन्छ ।

ग्राहकले टेलिकमको अनलाइन गुनासो तथा सेवा अनुरोध प्रणालीमा लगइन गरी आफ्नो मोबाइल नम्बर प्रयोग गरेर आवश्यक विवरण पेस गर्न सक्नेछन् । उक्त प्रणालीमार्फत इन्टरनेट सेवा जडानसम्बन्धी अनुरोध गर्नुका साथै सेवासँग सम्बन्धित अन्य गुनासोसमेत दर्ता गर्न सकिनेछ ।

नेपाल टेलिकमले हालै एनटी फाइबरअन्तर्गत पाँच हजारभन्दा कम अर्थात् चार हजार ९९९ मा ३० एमबीपीएस गतिको प्याकेज उपलब्ध गराउने व्यवस्था गरेको छ । यसका अतिरिक्त ग्राहकको आवश्यकता र प्रयोगअनुसार विभिन्न अन्य प्याकेजसमेत उपलब्ध छन् । तुलनात्मक रूपमा कम शुल्कमा इन्टरनेट सेवा लिन चाहने ग्राहकका लागि यस्ता प्याकेजमा आकर्षण देखिएको छ ।

पछिल्लो समय इन्टरनेट सेवाको मूल्य, उपलब्ध गति र सेवाको गुणस्तरलाई लिएर ग्राहकले विभिन्न सेवा प्रदायकका प्याकेजको तुलना गर्न थालेका छन् । यस्तो अवस्थामा नेपाल टेलिकमले उपलब्ध गराएका सस्तो दरका प्याकेजप्रति ग्राहकको आकर्षण बढेको देखिएको छ । अन्य इन्टरनेट सेवा प्रदायकका प्याकेजको तुलनामा कम शुल्कमा सेवा लिन चाहने ग्राहक एनटी फाइबरतर्फ आकर्षित भएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै