मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ हुने

Nagarik Sewa 4669+ समाचार ( )
२६ कार्तिक २०८१, सोमबार

काठमाडौं। डिसेम्बर २७ र २८ मा युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ को नवौँ संस्करण काठमाडौंमा हुने भएको छ ।

कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी यो सम्मेलन युनिग्लोब माध्यमिक विद्यालय, कमलादीमा हुने भएको छ । उक्त कार्यक्रम नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब माध्यमिक विद्यालयको संयुक्त आयोजनामा गर्ने भएको हो । 

देशभरका युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरूले जीव विज्ञान, रसायन र वातावरण विज्ञान, भौतिक विज्ञान, गणित, इन्जिनियरिङ् र रोबोटिक्स, कम्प्युटर विज्ञान र कृत्रिम बौद्धिकता, स्वदेशी ज्ञान र स्थानीय प्रविधि विद्या समेटिएका छन् । 

परियोजनाको छनोटमा नवीन प्रविधि र प्रयोगलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । प्रत्येक विधामा उत्कृष्ट परियोजनालाई युवा वैज्ञानिक उपाधि प्रदान गरिने आयोजकको भनाइ छ । सम्मानित हुने युवा वैज्ञानिकहरूलाई सिंगापुरमा हुने १४औं एशिया प्यासिफिक सम्मेलनमा सहभागिता जनाउनका लागि आवेदन दिन योग्य मानिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार