काठमाडौं। नेपाली बजारमा आज आइतबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ।
यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार ६ सय रुपैयाँ बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला पाँच रुपैयाँ घटेको हो । मूल्य घटेसँगै आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रुपैयाँ तोकिएर कारोबार भइरहेको छ ।