मुख्य समाचार
मिडिया काउन्सिल विधेयक अघि बढाउँदै संसदीय समिति | रास्वपा प्रदेशसभा खारेज गर्ने पक्षमा छ :सांसद मनिष झा | नयाँ शक्तिले ५ महिने प्रशंसा अभियान चलाउने | विद्या भण्डारीको सदस्यता नवीकरण नै भएको छैन: केपी ओली | नेपालका युवाको ऐतिहासिक सफलता: इन्टरनेसनल म्याथेम्याटिकल ओलम्पियाडमा पहिलोपटक कास्य पदक | नेपाल र दक्षिण कोरियाबिच ८० लाख अमेरिकी डलर बराबरको अनुदान सम्झौता | नेकपा एस र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता | आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने फैसला विरुद्ध सरकार सर्वोच्च अदालतमा | तोलामा २ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट १ महिलाको मृत्यु |

जनकपुरमा आजदेखि माछामासु तथा मदिरा बिक्री वितरणमा रोक

Nagarik Sewa 2364+ समाचार ( )
१९ मंगशिर २०८१, बुधवार

जनकपुर। सीताराम विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाम नगरक्षेत्रमा आजदेखि माछामासु तथा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना प्रकाशित गर्दै आजदेखि ३ दिनसम्म माछा, मासु तथा मदिरा बिक्री वितरणमा रोक लगाइएको हो ।

कार्यालयद्वारा जारी सूचनामा आजराति १२ बजेदेखि मङ्सिर २२ गते राति १२ बजेसम्म जनकपुर नगरक्षेत्रमा मासु, माछा तथा मदिरा बिक्री वितरण नगर्न–नगराउन आदेश जारी गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र तथा परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, पशुपक्षी काटमार, माछा बिक्री वितरण तथा उत्पादनलगायत अन्य नशालु पदार्थको सेवन नगर्न– नगराउन अनुरोध गर्दै ती वस्तु पूर्ण रूपमा निषेध गरिएको सूचनामार्फत जनाइएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी राजुराम कडरियाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरी सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जनकपुर नगरदर्शनबाट सुरु हुने विवाहपञ्चमी महोत्सव रामकलेवा गरेसँगै मङ्सिर २२ गते सम्पन्न हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै