ललितपुर । नेकपा एकीकृत समाजवादी निकट रहेको समाजवादी प्रेश संगठन ललितपुरको जिल्ला भेलाले नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार ललितपुरमा आयोजित भेलाकाबीचमा नयाँ कार्यसमिति गठन गरिएको हो ।
कार्यसमितिको अध्यक्षमा निरोज तोलाङ्गे, उपाध्यक्षमा थोमस बोगटी, महिला उपाध्यक्षमा टीका रसाइली, सचिवमा राजेश पन्त, सह सचिवमा निगम सुन्दास, समावेशी सहसचिवमा सलोमी दाहाल र कोषाध्यक्षमा सुनकुमारी थिङ रहेका छन् । त्यस्तै सदस्यतर्फ भने सरु वागदास, दिपेन्द्र थिङ, मुकेश जनाला र यमकुमार मुदेल चयन भएका छन् l
कार्यक्रममा पूर्वमन्त्री एवं एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वाला, संस्थापक अध्यक्ष शम्भु श्रेष्ठ, सल्लाहकार उत्तरसिंह विष्ट, उपाध्यक्षहरु सुभाष शाह, सविन शर्मा, अस्मिता गिरी र कार्यवाहक महासचिव प्रेम गौतम लगायतका नेताहरुको पनि सहभागिता रहेको थियो । ललितपुर जिल्लाको नयाँ कार्यसमिति गठन भएर देशभरिको संगठन पुर्ननिर्माणमा आत्मबल पुगेको वक्ताहरुले बताएका छन् । साथै आगामी हप्ता हुने राष्ट्रिय भेला सफल पार्न पनि सबैले पुन अपिल गरेका छन् ।