मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

बस र अटो ठोक्किँदा ४ जनाको मृत्यु

Nagarik Sewa 4697+ समाचार ( )
१७ कार्तिक २०८२, आइतबार

काठमाडौं। धनुषाको वीरेन्द्र बजारमा शनिबार साँझ यात्रुवाहक बस र अटो एकआपसमा ठोक्किँदा ४ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्। विराटनगरबाट धनगढीतर्फ गुडिरहेको सु.प्र.०१-००१ ख ३२८८ नम्बरको यात्रुवाहक बसले विपरीत दिशामा गुडिरहेको प्र.२-०१-००१ ह १२३० नम्बरको अटोलाई ठक्कर दिएको थियो।

दुर्घटनामा जिल्ला धनुषा गणेशमान चारनाथ नगरपालिका-१ बस्ने अन्दाजी ४० वर्षीय धनबहादुर पूर्वछाने मगर, उनकी श्रीमती ३५ वर्षीया निशा मगर, सोही ठाउँका ३५ वर्षीय शम्भु पूर्वछाने मगर र ४० वर्षीय डम्बर राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।

घाइते हुनेमा धनबहादुरका १४ वर्षीया छोरी सशीतल मगर र सोही ठाउँका रमेश मगरका नौ वर्षीय छोरा रोशन मगर छन्। इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार दुर्घटनापछि घाइतेलाई उपचारका लागि जनकपुरस्थित अस्पताल पुर्‍याइएको थियो। चिकित्सकले चारजनालाई मृत घोषणा गरेका थिए। घाइते दुई जनाको उपचार जारी छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार