त्रिविको कार्यकारी परिषद् सदस्यमा ४ जना नियुक्त

Nagarik Sewa 4431+ समाचार ( )
२२ पौष २०८१, सोमबार

काठमाडौं।  त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यकारी परिषद् सदस्य पदमा ४ जना नियुक्त भएका छन्। उपकुलपति प्रा.डा. केशरजंग बरालले ५ वटा संकायको तर्फबाट विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा. शंकर खनाल र ४ वटा संकायको तर्फबाट मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा.डा. दुविनन्द ढकाललाई सदस्य नियुक्त गरेको त्रिविले जनाएको छ । 

त्यस्तै २ जना प्रोफेसरहरूको तर्फबाट प्राडा लालु प्रसाद र डाक्टर जगत मोहन श्रेष्ठ नियुक्त भएका छन् । पुस १२ गतेदेखि २ वर्षे कार्यकाल सकिएपछि सदस्य पद रिक्त थियो। परिषद्‍मा  उपकुलपति, रेक्टर र रजिस्ट्रारसहित ७ सदस्य रहने व्यवस्था छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार