माल्टामा सडक दुर्घटनामा एक नेपालीको मृत्यु

Nagarik Sewa 4392+ समाचार ( )
२६ श्रावण २०८२, आइतबार

काठमाडौं। माल्टामा नेपालको म्याग्दी स्थायी ठेगाना भएका ४२ वर्षीय खिमबहादुर पुनको दुर्घटनामा मृत्यु भएको छ। आइतबार बिहान बिरकिरकारा भन्ने स्थानमा उक्त दुर्घटना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष रेम्स खनालले जानकारी दिए । उनका अनुसार मृतक तीन वर्षदेखि माल्टामा रोजगारीमा रहेका थिए । 

यसैगरी स्थानीय सञ्चारमाध्यम माल्टा टाइम्सका अनुसार ‘हिट–एण्ड–रन’ को घटना भएको हो ।  मोटरसाइकलमा सवार पुनलाई एउटा कारले ठक्कर दिएर भागेको थियो । प्रारम्भिक अनुसन्धान अनुसार स्थानीय समय बिहान करिब ५ः२० बजे त्रिक साल्भु पसाइला सडकमा कारले पुनले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करपछि कार पार्किङमा राखिएका अरु तीनवटा गाडीमा ठोक्किएको बताइएको छ।

दुर्घटनापछि कार चालक र दुई जना सवारहरू घटनास्थलबाट फरार भएका थिए। पीडितको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।

घटनाको केही मिनेटपछि भेटिएकी १८ वर्षीया मोस्टा निवासी युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई केही चोटपटक लागेको कारण माटर डेई अस्पताल लगिएको भए पनि स्वास्थ्य अवस्थाबारे जानकारी खुलाइएको छैन।

उक्त घटनाका चालक र अर्को सवारको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। यस्तै हाल मृतकको शव  मातर–देई हस्पिटलमा राखिएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार