काठमाडौं। प्रहरीले कपिलवस्तुबाट १ किलो २५ ग्राम लागुऔषध चरेससहित एकजना युवतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश बस्ने ३० वर्षीय सरस्वती बिक छिन् ।
कृष्णनगर नगरपालिका वडा नम्बर–३ बाट पैदल हिँड्दै भारत तर्फ जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको कपिलवस्तुका एसपी निरञ्जनदत्त भट्टले बताए । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले उनिबारे अनुसन्धान गरिरहेको छ ।