मुख्य समाचार
पुँजीवादी व्यवस्थालाई बदल्नुपर्नेमा अध्यक्ष नेपालको जोड | प्रतिनिधिसभाले प्रतिस्थापन विधेयकलाई सदनमा नै छलफल गरेर अगाडि बढाउने | समाजवादी मोर्चा माओवादीलाई सरकारमा जान बनाइएको टेको नभएको प्रचण्डको दाबी | पेट्रोलियम पदार्थको मूल्यमा गिरावट | बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको झलनाथ खनालको दाबी | कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लागेको महासचिव चन्दको भनाई | उमन्स डे कप टी २० श्रृंखलामा नेपालले हङकङलाई हरायो | नेकपा एसको आन्दोलनको कार्यक्रम सार्वजनिक | तोलामा ४ हजारले बढ्यो सुनको मूल्य | वैदेशिक शिक्षा तथा भाषा परीक्षाका अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५०% छुट |

दुधौलीका विद्यार्थीका लागि शिक्षण सिकाई कार्यक्रम, नतिजा सुधार हुनेमा नगरप्रमुखको विश्वास

Nagarik Sewa 1242+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

सिन्धुली । दुधौली नगरपालिकाका एसईई दिने विद्यार्थीहरुका लागि एक दिने शिक्षण सिकाइ कार्यक्रम सञ्चालन गरिएको छ ।  बुधबार दुधौली  नगरपालिका वडा  नम्बर २ स्थित श्री नमुना माध्यमिक विद्यालय भलुवाही, श्री नमुना माध्यामिक विद्यालय भलुवाही, श्री भानु माध्यामिक विद्यालय रतनपुर र  वडा नम्बर १ स्थित श्री माध्यामिक विद्यालय गिचियानीका  कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई कार्यक्रममा सहभागि गराइएकोे हो ।

नगरप्रमुख दिनेश अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विद्यार्थीहरुलाई आगामी एसईई परिक्षाको तयारी के कसरी गर्ने भन्ने सम्बन्धमा सिकाइएको थियो । विषय शिक्षकहरुले विद्यार्थीहरुलाई परिक्षा हलभित्र कसरी समय व्यवस्थापन गर्ने तथा कसरी उत्तर लेख्ने लगायतका विषयमा अभिमुखिकरण गरेका नगरपालिकाले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख अधिकारीले यस वर्षको एसईई परिक्षामा नगरपालिकाले नतिजामा सुधार ल्याउने विश्वास व्यक्त गरे । उनले विद्यार्थीहरुलाई उत्कृष्ट अंक ल्याउनेगरी अध्ययन गर्न आग्रह पनि गरे । उनले विगतको भन्दा नगरपालिकाको शिक्षाको स्थिति सुधार हुँदै गइरहेको पनि उल्लेख गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार