मुख्य समाचार
ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव |

दुधौलीका विद्यार्थीका लागि शिक्षण सिकाई कार्यक्रम, नतिजा सुधार हुनेमा नगरप्रमुखको विश्वास

Nagarik Sewa 4674+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

सिन्धुली । दुधौली नगरपालिकाका एसईई दिने विद्यार्थीहरुका लागि एक दिने शिक्षण सिकाइ कार्यक्रम सञ्चालन गरिएको छ ।  बुधबार दुधौली  नगरपालिका वडा  नम्बर २ स्थित श्री नमुना माध्यमिक विद्यालय भलुवाही, श्री नमुना माध्यामिक विद्यालय भलुवाही, श्री भानु माध्यामिक विद्यालय रतनपुर र  वडा नम्बर १ स्थित श्री माध्यामिक विद्यालय गिचियानीका  कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई कार्यक्रममा सहभागि गराइएकोे हो ।

नगरप्रमुख दिनेश अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विद्यार्थीहरुलाई आगामी एसईई परिक्षाको तयारी के कसरी गर्ने भन्ने सम्बन्धमा सिकाइएको थियो । विषय शिक्षकहरुले विद्यार्थीहरुलाई परिक्षा हलभित्र कसरी समय व्यवस्थापन गर्ने तथा कसरी उत्तर लेख्ने लगायतका विषयमा अभिमुखिकरण गरेका नगरपालिकाले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख अधिकारीले यस वर्षको एसईई परिक्षामा नगरपालिकाले नतिजामा सुधार ल्याउने विश्वास व्यक्त गरे । उनले विद्यार्थीहरुलाई उत्कृष्ट अंक ल्याउनेगरी अध्ययन गर्न आग्रह पनि गरे । उनले विगतको भन्दा नगरपालिकाको शिक्षाको स्थिति सुधार हुँदै गइरहेको पनि उल्लेख गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै