मुख्य समाचार
गृहमन्त्री अर्यालद्वारा जेनजीको नाममा कार्यालयहरूमा गएर धम्क्याउनेलाई नियन्त्रणमा लिइने प्रतिवद्धता | २२.५८ अंकले घट्यो नेप्से | विपिन जोशीको निधनको खबरले दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनालाई छिन्नभिन्न पार्योः प्रधानमन्त्री कार्की | हमासले फिर्ता गर्यो थप ४ वटा बन्धकको शव | अध्यक्ष ओलीद्वारा एकछिन सरकारबाट हट्दा सधैका लागि एमाले सरकारबाट हट्यो भनेर भ्रममा नपर्न चेतावनी | जिल्ला अदालत काठमाडौंमा महराको थुनछेक बहस सुरु | बालिका बलात्कारको अधिभयोगमा युवक प्रकाउ | नेपाल आज ओमानसँग खेल्दै | दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु | तोलामा ४ सयले बढ्यो सुनको मूल्य |

२०५८ सालदेखिका विद्यार्थीहरूका लागि त्रिविले खोल्यो मौका परीक्षाको फारम

Nagarik Sewa 3188+ समाचार ( )
२४ माघ २०८१, बिहीबार

काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०५८ सालदेखिका पुराना विद्यार्थीहरूका लागि मौका परीक्षाको फारम खोलेको छ। २०५८ सालदेखि मौका परीक्षा दिन नपाएका स्नातक तह र स्नातकोत्तर तहका लागि विद्यार्थीका लागि मौका परीक्षाको आवेदन खुला गरेको हो । 

३र४ वर्षे स्नातक तह प्रथम, दोस्रो, तेस्रो र चौथो वर्ष तथा स्नातकोत्तर तह प्रथम, दोस्रो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फाराम खुला गरेको हो। वार्षिक प्रणाली अनुसार २०८१ सालमा सञ्चालन हुने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत ४ वर्षे र ३ वर्षे स्नातक तह र स्नातकोत्तर तहको मौका परीक्षाको फाराम खुला गरेको हो । त्यसका लागि माघ २४ गतेदेखि फागुन २३ गतेसम्म नियमित दस्तुर बुझाएर र साधारण म्याद सकिएको एक हप्ताभित्र दोब्बर दस्तुरसहित आवेदन फारम भर्न भनेको हो ।

यसअघि त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष  प्राध्यापक डाक्टर खड्ग केसीको अध्यक्षतामा २०८१ असोज ७ गते बसेको बैठकले मौका परीक्षाको व्यवस्था गर्ने निर्णय गरेको थियो ।

मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, शिक्षा, कानुन, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका २०५८ साल देखीका वार्षिक प्रणाली अन्तर्गत र २०६९ सालदेखिका सेमेस्टर प्रणालीका  विद्यार्थीको लागि एक पटक मौका परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको थियो । सोही आधारमा परीक्षा नियन्त्रण कार्यालयले पुराना विद्यार्थीहरूका लागि मौका परीक्षाको अवसर दिएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार